सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पतालको प्रसुती वार्डमा शुक्रबार बिहान जीवित जन्मेको शिशुलाई अस्पतालले मृत घोषित गरी अन्तिम सस्कार गर्न लाग्दा जीवितै भेटिएको छ ।
जाजरकोट छेडागाड नगरपालिका –९ घर भएकी कमला अधिकारीले छ महिना पुरा भएको बच्चा शुक्रबार बिहान ५ः ४५ बजे भेरीको प्रसुती वार्डमा नर्मल जन्माएकी थिईन ।
गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला रिसालसंग प्राईभेट चेकजाँच गर्दै आउने क्रममा उनी बिहीबार नेपालगन्ज आई चेकजाँच गराएकी थिईन ।
‘हिजो ठिक थियो आज एक्कासी पेट दुख्यो अस्पताल ल्यायौ नर्मल छोरी जन्मियो । हामीलाई छोरीको मृत्यु भएको छ भनियो प्लास्टीक झोलामा राखेर शदगद गर्न बुलबुलिया जाँदा बच्चा जिवित भेटियो’–कमलाका श्रीमान मिलन अधिकारीले भने ।
जन्मदा बच्चाको तौल्ल ६ सय ग्रामको मात्र रहेको अस्पतालले जनाएको छ । बच्चाको भेरी अस्पतालको एनआईसियुमा राखेर उपचार भई रहेको छ ।
