बाँके प्रहरीद्वारा दुई जना ब्रउनसुगरका कारोबारी पक्राउ

१३ कार्तिक २०७४, सोमबार १८:५०
 

सदरलाइनडटकम 
१३ कात्तिक, नेपालगन्ज : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउनसुगर भारतबाट ल्याएर नेपालमा बिक्री बितरण गर्ने दुइ जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट लुकाई छपाई नेपाल ल्याउँदै गरेका बहराईच नानपाराका सोनु राई तथा नेपालमा बिक्री गर्ने घोराही ५ का प्रमोद प्रछाईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुधिरराज शाहीले राईलाई यही कार्तिक ८ गते जमुनाहा नाकामा चेकजाँच गर्ने क्रममा ३० ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए । त्यस्तै दाङ घोराहीका प्रछाईलाई अनसुन्धानका क्रममा पक्राउ गरिएको हो ।
राईले भारतबाट नेपाल पाइन्टको भित्र अगाडी पट्टि कट्टुको भित्री भागमा प्लाष्टिकको चार वटा पोका बनाइ राखेका थिए । उनलाई नियन्त्रणमा लिइसकेपछि उनको मोबाईलमा बिक्रीकर्ताको आइरहेको कलका आधारमा प्रछाईलाई कार्तिक ९ गते पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहीले बताए ।
राई लागुऔषध पृष्ठभुमि कै व्यक्ति हुन । उनलाई जिल्ला प्रहरी कार्यालय दाङले यसअघि नै लागु औषध मुद्दा चलाई सकेको छ । राईलाई पक्राउ गर्ने बेला उनको साथबाट ८ हजार नौ सय ५० रुपैया भारतीय पनि फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा भन्सार एजेन्ट आन्दोलनमा हुँदा भन्सार क्लियरेन्स प्रभावित

१३ कार्तिक २०७४, सोमबार १८:५०
सदरलाइनडटकम १४ कात्तिक, नेपालगन्ज : भन्सार छलेको सामान र ट्रक विना सर्त प्रहरीले छाड्नु पर्ने मागसहित नेपालगन्ज भन्सारमा भन्सार क्लियरिङ्ग कार्य गर्दै आएका भन्सार एजेन्टहरुले भन्सार ठप्प पारेका छन् । उनीहरुले काम ठप्प पारेका कारण राजस्व संकलनमा समेत प्रभावित भएको छ । ‘भारतीय चालक र सहचालकले मात्र ट्रक लिएर नेपाल […]