‘योजना छनोट र कार्यान्वयनमा देखिएको विकृति रोक्न निर्मम निर्णय लिईयो’

सदरलाइन संवाददाता १७ माघ २०८१, बिहीबार १९:०६
 

कपिलवस्तु  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताएका छन् ।

कपिलवस्तुको आनन्दनगरमा मदनआश्रित स्मृतिभवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारे ।

’उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ’–उनले भने– ‘सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ । सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई प्राथमिकतामा राखेको बताए सरकारले सुशासन कायम गर्ने बिषयलाइ आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको छ’–उनले भने–‘प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको छ । प्रदेश स्थापनाले जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्न सफल भएको छ । खर्च कटौतीलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो सन्देश प्रवाह भएको छ ।’


यस्तै संघीयतालाइ बलियो र स्थापित गर्न तिन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरि अघि बढ्नुनै आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले बताए । एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।

एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बावुराम खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भवन शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, एमाले कपिलवस्तु जिल्ला इञ्चार्ज गिरिधारीलाल न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक घर एक धाराको अभियानले आधारभुत तहमा खानेपानीको पहुँच सुनिश्चितः मुख्यमन्त्री आचार्य

१७ माघ २०८१, बिहीबार १९:०६
देउखुरी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको बिहिबार भालुबांगमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको […]

ताजा अपडेट