बाँकेमा तीन जना कोरोनामुक्त

; १५ भाद्र २०७७, सोमबार १४:०५
 

नेपालगञ्ज : बाँकेबाट सोमवार तीन जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत दुई कर्मचारीसहित तीन जना डिस्चार्ज भएका हुन् ।

श्रेष्ठका अनुसार नेपालगञ्ज ३ की २८ बर्षीया महिला र कोहलपुरका ३८ बर्षीय पुरुष मेडिकल कलेज कोहलपुरका कर्मचारी हुन भने नेपालगञ्ज २ की ३७ बर्षीया महिला कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।


योसँगै बाँकेमा ७ सय ३० जना संक्रमित निको भइसकेका छन भने अब विभिन्न आइसोलेशनमा २ सय ६६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

बाँकेमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार शुरु

१५ भाद्र २०७७, सोमबार १४:०५
नेपालगञ्ज : बाँकेमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु भएको छ । बाँकेका दुई जनाले सोमवार प्लाज्मा अर्थात् रक्तदान गरेपछि कोरोना संक्रमितको प्लाज्मा विधिबाट उपचार शुरु भएको हो । पश्चिम नेपालमै सम्भवतः पहिलो पटक नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका गम्भिर बिरामीहरुको प्लाज्मा थेरापीमार्फत उपचार शुरु गरिएको बताइएको छ […]