छात्रा क्रिकेटको उपाधि त्रिभुवन माविलाई

सदरलाइन संवाददाता २६ फाल्गुन २०८०, शनिबार १८:१७
 

नेपालगञ्ज : कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ ।

शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले पराजित पार्दै त्रिभुवनले उपाधि जितेको हो । उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पायो । उपविजेता बनेको बालशिक्षाले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पायो ।

टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन नमुना माविले निर्धारित ओभरमा ९ विकेट गुमाएर १११ रन जोड्यो । त्रिभुवनका लागि बिमला बुढाले २६, पासना योञ्जनले १० तथा सुरती बुढाले ९ रन बनाए । बालशिक्षाका लागि निर्मला चन्दले तीन विकेट लिइन् । सुरक्षा पन्त, लक्ष्मी चन्दले समान दुई९दुर्ई विकेट लिए भने सम्झना पुन र सिर्जना खड्काको नाममा समान एकएक विकेट रह्यो ।

११२ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको बालशिक्षा पाँच विकेटको नोक्सानीमा १०१ रनमा समेटियो । सुरती बुढा, अस्मिता देवकोटा, विमला बुढा र अनुग्रह घर्तिले समान एकएक विकेट हात पार्दै त्रिभुवनलाई जीत दिलाए । सुरक्षा पुनले नटआउट ३३ रनको पालि खेलेपनि बालशिक्षाको टिमलाई जीत दिलाउन असफल भइन् ।


हुमकली वलीले १७ तथा पूर्णिमा डाँगी र निर्मला चन्दले समान ६९६ रन बनाए । प्लेयर अफ द सिरिज बालशिक्षा माविकी सुरक्षा पुन घोषित भइन् भने वेष्ट व्याटर त्रिभुवन माविकी विमला बुढा घोषित हुँदा वेष्ट वलर बालशिक्षाकै सुरक्षा पुन घोषित भइन् । बागेश्वरी एकेडेमीकी आशिका विक उदयमान खेलाडी घोषित भइन् ।

विजयी खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, राखेपका केन्द्रीय सदस्य एलवी क्षेत्री लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे। कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले महिला क्रिकेटको उद्गम थलो बाँकेमा यसको पहिचानका लागि छात्रा क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने अभियानमा स्थानीय सरकार लागि परेको पनि उल्लेख गरे ।

उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताइन्। कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागतगरी १८ विद्यालयले सहभागिता जनाएका थिए। नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त प्रतियोगिता समापन समारोहमा वडा नं।२ का वडाअध्यक्ष हरि कठायत, १२ का अध्यक्ष वीरेन्द्रकुमार शाह, १३ का अध्यक्ष डम्वर खड्का, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, बांके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाज सेवा गर्न दर्शन समाजलाई जग्गा दान

२६ फाल्गुन २०८०, शनिबार १८:१७
नेपालगञ्ज : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपैयाँको जग्गा दान गरेका छन् । पूर्व मन्त्री हमालले नेपालगञ्ज १२ गोरखनगरमा रहेको ५१ लाख रुपैयाँ मूल्यको ११ धुर जग्गा दर्शन समाज नामक सामाजिक संस्थालाई भवन निर्माणका लागि […]

सम्बन्धित