समाज सेवा गर्न दर्शन समाजलाई जग्गा दान

सदरलाइन संवाददाता २६ फाल्गुन २०८०, शनिबार १८:२०
 

नेपालगञ्ज : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपैयाँको जग्गा दान गरेका छन् ।

पूर्व मन्त्री हमालले नेपालगञ्ज १२ गोरखनगरमा रहेको ५१ लाख रुपैयाँ मूल्यको ११ धुर जग्गा दर्शन समाज नामक सामाजिक संस्थालाई भवन निर्माणका लागि दान गरेका हुन् ।

कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकोले आफूले आफ्नो परिवारसँग सल्लाह गरेर ११ धुर जग्गा दान गर्ने निर्णय गरेको उनको भनाइ छ । दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमति पत्र हस्तान्तरण गरेका छन् ।


सहमति पत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गरेर विभिन्न प्रकारका समाज सेवाका काम गर्ने उल्लेख छ । दर्शन समाज बाँकेका अध्यक्ष शाहले सहमति अनुसार नै सबै काम गर्ने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति समेत रहेका पूर्व मन्त्री हमालले यसअघि केही वर्ष पहिले पनि नेपालगञ्ज १२ को स्वास्थ्य चौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गा दान गरेका थिए । सो जग्गामा अहिले स्वास्थ्य चौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेको हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित ३ जना पक्राउ

२६ फाल्गुन २०८०, शनिबार १८:२०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय दिनेश पुन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो […]

सम्बन्धित