बाँकेको डुडुवा गाँउपालिकामा निःशुल्क स्वास्थ्य सेवा अभियान

४ फाल्गुन २०७४, शुक्रबार १४:०४
 

सदरलाइनडटकम
४ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाका नागरिकले स्वास्थ्य सँस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क पाउने भएका छन । अहिले गाँउपालिकाले सेवाग्राहीबाट नामदर्ताको लागि समेत शुल्क नलिने घोषणा गरेको छ ।
गाँउपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै सम्पुर्ण सेवाग्राहीलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउ सुरु गरिएको गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिए ।
उनले घर–घरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीका लागि २ दिने अभिमुखीकरण समेत गरिएको बताउदै भने–‘हामी विस्तारै गाँउमा सिँहदरवार आएको अनुभुति गराउने प्रयास सुरु गरेका छौ । हरेक घरमा निशुल्क स्वास्थय सेवा तथा एसएलसी उतिर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ । गाँउपालिकाका सम्र्पुण नागरिक मेरो लागि मालिक हुन, म उनीहरुसंग आफ्नो लागि ५ वर्षका लागि नोकरी माँगेको छु , प्रभावकारी रुपले सेवा उपलब्ध गराउनु मेरो जिम्मेवारी हो ।’
स्थानीय तहमा सम्भवता यस्तो सेवा उपलब्ध गराउनु आफ्नो गाँउपालिका पहिलो भएको बताँउदै मानिसलाई मात्र नभएर पशु स्वास्थ्यमा समेत निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई रहेको उनले जिकिर गरे । गाँउपालिकाको सबै नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनको लागि स्वास्थ्य कार्ड समेत जारी गरेको बताउदै ४० हजार कार्ड छापेर लागू गर्ने चरणमा रहेको प्रमुख चौधरीले बताए ।
गाँउपालिका कार्यक्षेत्र भित्रका बासिन्दाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गाँउपालिकाले बहुउपयोगि ल्याब समेत सञ्चालनमा ल्याएको उनको दाबी छ । ‘अहिले औपचारिक रुपमा उद्घाटन नभए पनि स्थापनाका लागि चाहिने सम्पुर्ण तयारी भई सकेको छ । ल्याब सञ्चालनका लागि आवस्यक पर्ने जनशक्तिको ब्यवस्थापन भई सकेको आवस्यक पर्ने सम्पुर्ण उपकरण समेत आईसकेको छ’– गाँउपालिकाका सुचना अधिकृत ऋषिराज गौतमले भने ।
डुडुवा गाँउपालिकाको वडा नम्बर २ बेतहनीमा रहेको स्वास्थ्य चौकीमा सञ्चालन हुने सो ल्याबमा हुने सम्पुर्ण स्वास्थ्य परिक्षण निशुल्क हुने सुचना अधिकृत ऋषिराज गौतमले बताए । ल्याब सञ्चालनमा आईसकेपछि गाँउपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार, सुगर, टाईफाईड, मलेरिया, ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानीय स्तरमै परीक्षण हुन सक्ने बताईएको छ ।
कार्यक्रममा गाँउपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत झण्डै ५० जनाको सहभागिता रहेको छ । अभिमुखीकरणमा कर्मचारीहरु कम कर्तब्य र अधिकार, प्रबर्धानात्मक स्वास्थ्य सेवा जन समुदायमा कसरी जागृत गराउने, प्रयोगशालामा प्राथमिक चरणमा गरिने क्रियाकलाप बारे छलफल भएको छ ।
अभिमुखीकरणमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बसन्त गैैरै, केशव ज्ञवाली, डुडुवा गाँउपलिका स्वास्थ्य ईकाई सँयोजक धनबहादुर बुढा, उपसयोजक बिरेन्द्र घले लगायतले सहजिकरण गरिरहेको बेतहनी स्वास्थ्य चौकीका ईञ्चार्ज हेमन्त शर्माले बताए ।


 

Next Post

प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा पुलिस र इफाट टोलीको जित

४ फाल्गुन २०७४, शुक्रबार १४:०४
सदरलाइनडटकम  ४ फागुन, नेपालगन्ज : नेपालगन्जमा सञ्चालन भई रहेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले जित हासिल गरेका छन । बाँके जिल्ला भलिवल संघद्वारा नेपालगन्ज कभर्ड हलमा भएको खेलमा दोस्रो दिनको पहिलो खेलमा पुलिसले भारत देहरादुनको टिमलाई […]