नेपालगञ्जको त्रिभुवनचोकमा तिहारको भिडभाड

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १३:११
 

नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा यतिबेला भीडभाड छ । तिहार नजिकिँदै जाँदा सडकमा पसल राखिएपछि त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्म भीडभाड बढेको हो ।

हिन्दुको ठूलो चाडमा बर्सेनि यो सकडमा पसल राख्ने गरिन्छ । चाडमा बीच सडकमा पसल राख्नु परम्परा जस्तै भइसकेको छ । धेरै पहिलादेखि चाडबाडमा यहाँ पसल लगाउँदै आइएको छ ।

केही पहिला उपमहानगरपालिकाले रोक्न खोजेपनि परम्पराको रूपमा व्याख्या गरेर व्यापारीले विरोध गरेपछि पसल राख्न दिइएको थियो ।


यतिबेला यो सडकमा घुइँचो छ । तिहारका हरेक सामान राखिएको छ । व्यापारीले भने यसपाली धेरै कारोबार नभएको बताइरहेका छन् । पसले ताम्बा लखेरले यसपाली धेरै कारोबार नभइरहेको बताए ।

सकडको बीचमा पसल राखिएपछि त्यहाँ चार पांग्रे सवारीलाई भित्र छिर्न दिइएको छैन । ट्राफिक र नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेका छन् । यो सडकमा पसल राख्ने बित्तिकै कुनै चाड परेछ भन्ने बुझिन्छ ।

यहाँ यतिबेला फूल किलोको दुई सयदेखि दुई सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत भेटिए

२६ कार्तिक २०८०, आईतवार १३:११
नेपालगञ्ज : कञ्चनपुरको लालझाडी गाउँपालिका– १ बिनबारीमा एक दम्पती आफ्नै घरमा आइतवार मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको […]