नारी दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम

सदरलाइन संवाददाता २५ फाल्गुन २०८०, शुक्रबार १५:२३
 

नेपालगञ्ज : नारी दिवसका अवसरमा नेपालगञ्जमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बाजागाजा सहित ११४ औं नारी दिवसमा वीपी चौकदेखि प्रभात फेरी गर्दै धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक, कोणसभा गरी मनाइएको छ ।

न्यायिक समितिका संयोजक भएकाले महिला हिंसा न्युनिकरणका लागि हर सम्भव प्रयास गर्ने प्रतिद्धता गर्दै गाउँ शहर टोल स्तरबाटै सबै प्रकारको विभेद, महिला हिंसा, घरेलु हिंसालाई न्युनिकरणमा हामी सवै लाग्नु पर्दछ अनि मात्रै सम्भव हुने नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले बताए ।


इन्सेक लगायत ४२ वटा संस्थाहरुको सहभागितामा धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक गरी समाजमा विद्यमान महिला हिंसा परिवारबाटै हुने गरेको, कुलतले पनि महिला हिंसा हुने गरेकाले परिवारबाट भएपछि अरुबाट पनि हुँदै गरेकोले विभेद रहित समान कामका लागि समान ज्याला अझ प्रभावकारी रुपमा सचेत हुन जरुरी भएको सडक नाटकले सन्देश दिएको नेपालगञज उपमहानगरपालिका महिला शाखा अधिकृत मन्जु पाण्डे बताउँदै सभा समापन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा

२५ फाल्गुन २०८०, शुक्रबार १५:२३
नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्ति मचरणमा पुगेको छ । गत वर्ष वैशाख १० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले शिलान्यास गरेका थिए । साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यहीँ वैशाखभित्र निर्माण […]