नेपालगञ्ज : सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै कोहलपुरका विद्यार्थीलाई छात्रबृत्तिमा छनोट गरेको छ । छनौट भएका विद्यार्थीमा त्रिभुवन माविकी मालिका यादव र राम माविका आदर्श लोनिया रहेको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङ्गले जानकारी दिएका छन् ।
एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ पढिरहेका विद्यार्थीलाई आर्थिक समस्या नहोस् भनेर छात्रबृत्तिमा छनोट गरिएको गुरुङ्गले बताए । उनीहरुलाई प्रति विद्यार्थी ५० हजारसम्म बैंकले खर्च गर्नेछ । छनोट बैठकमा नगरपालिकाका शिक्षा शाखा लगायतको प्रतिनिधित्व हुने गरेको छ ।
बैंकले मोफसलका बालबालिकाको उच्च शिक्षाका लागि छात्रबृत्ति दिदै आएको छ ।