जरायोको सिङसहित दाङमा तीनजना पक्राउ

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १५:००
 

दाङ : दाङमा प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने दाङको बबई गाउँपालिका–१ गँगटेका २२ वर्षीय जीवन घर्ती, बबई–४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका–४ साईलाकम्दाका २२ वर्षीय विनोद वली रहेका छन् ।

उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


गहतेखोला नजिक जरायोको सिङ बिक्री गरिरहेका भन्नेसूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुईवटा सिङ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्किङ गरेर राखेको बसमा आगजनी

११ श्रावण २०७८, सोमबार १५:००
दाङ : दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समूहले आइतवार राति आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो । रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे सो समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम […]