सदरलाइनडटकम,
काठमाण्डौ : मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले शुक्रवार संसद भवन अगाडी प्रदर्शन गर्ने भएको छ । महासंघले काठमाण्डौमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।
