मैत्रीपुर्ण फुटबलमा नेकपाको टिम बिजयी

सदरलाइन संवाददाता १ फाल्गुन २०७७, शनिबार १६:३६
 

कोहलपुर (बाँके) : २६औं जनयुद्ध दिवसका अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा २ का बिरुद्ध ३ गोल गर्दै नेकपाको टिम बिजयी भएको हो ।

फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले जनयुद्धले स्थापित गरेका एजेडा उपर गिद्धे नजर नलगाउन चेतावनी दिएका थिए । उनिहरुले संबिधान सभाबाट बनेको संबिधान, संघियना धर्म निरपेक्षता समावेशी लोकतन्त्र माथि प्रहर भए जस्तो सुकै बलिदानका लागि तयार रहेको बताएका थिए ।


कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, नेकपा बाँके सचिव अशोक कोईराला, युवा नेता नरेन्द्र न्यौपाने लगायतले बोलेका थिए । महान जनयुद्धको अवसरमा नेकपाले पालिकास्तरमा बिभिन्न गतिबिधी गरेको नेकपा जिल्ला अध्यक्ष आई.पि. खरेलले जानकारी दिए ।

Next Post

नेपालगञ्जको स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुँदै

१ फाल्गुन २०७७, शनिबार १६:३६
नेपालगञ्ज : नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच शनिवार नेपालगञ्ज उप–महानगपालिकाकामा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रिमा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि […]