बर्दिया प्रहरीद्वारा विभिन्न मुद्दाका फरार अपराधी नियन्त्रण

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार १८:५५
 


बर्दिया  : बर्दिया जिल्ला अदालतको फैसला अनुसार चेक अनादर मुद्दामा कसुरवार ठहराई फैसला सुनाएको एक फरार व्यक्तिलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ ।

बढैयाताल गाउँपालिका वडानं.६ बस्ने लालबहादुर थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाएको जनाएको छ । प्रहरी नियन्त्रणमा परेका थारुमाथि २०७७ चैत्र २६ गतेको फैसला अनुसार चेक अनादर मद्दामा कसुरदार मानेर २ हजार जरिवाना समेत गरेको थियो ।


यसैगरी बर्दिया जिल्ला अदालतको २०७२ चैत्र ९ गतेको फैसला आदेशले केही सार्बजनिक अपराध मुद्दामा जनही पाँच हजार जरिवाना तोकिई फरार रहेका कसुरदार जिल्ला बर्दिया राजापुर नगरपालिका–१ का अशोक चौधरी, केशब थारुलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको प्रहरी टोलिलेगत शुक्रबार नियन्त्रणमा लिएर अदालतमा बुझाएको जनाएको छ ।

यसैगरी बर्दिया जिल्ला अदालतकै २०७७ पुस १५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेका कसुरदार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ८ का बर्ष २७ को सुमन चौधरीलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलिले गत शुक्रबार पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको बर्दिया प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेमा विभिन्न नौ विभाग गठन स्कूल विभिगमा पार्टी अध्यक्ष ओली

१८ श्रावण २०७८, सोमबार १८:५५
काठमाडौं  : माधव नेपाललाई समेटेर लामोे समय पार्टी एकताको लागि विभिन्न पहल गरेको अन्तत नेकपा एमालेले नौ वटा विभाग बनाएको छ । सोमबार बसेको स्थायी कमिटीको बैठकले संगठन, स्कुलसहितका नौ वटा विभाग गठन गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहेका […]