ब्राउनसुगरसहित २ जना पक्राउ

सदरलाइन संवाददाता २० फाल्गुन २०८०, आईतवार १७:३५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भे ११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व राष्ट्रपति भण्डारी वीरेन्द्रनगरमा

२० फाल्गुन २०८०, आईतवार १७:३५
सुर्खेत : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर सुर्खेत आएकी छन् । सोमवारदेखि वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागि हुन उनी सुर्खेत आएकी हुन् । सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कार्यक्रम उनले उदघाटन गर्ने कार्यतालिका रहेको छ । सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै […]