दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनाल सहित १९ जाना विरुद्ध भ्रष्ट्राचारको मुद्दा

सदरलाइन संवाददाता १५ चैत्र २०८०, बिहीबार १७:१९
 

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (Mobile Device Management Syste–MDMS)परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको भन्दै प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल सहित १९ जाना विरुद भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।


आयोगले बिहीबार विशेष अदालतमा तत्कालिन अध्यक्ष झा र खनाल सहित निर्देशक÷बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको अस्थायी समाधान

१५ चैत्र २०८०, बिहीबार १७:१९
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकामा समस्याकोे रुपमा रहेको दिसा जन्य लेदो व्यवस्थापन समस्या हल भएको छ । नेपालगञ्ज–२० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएपछि वर्षौंदेखिको समस्या अन्त्य भएको हो । नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी […]