सदरलाइनडटकम,
काठमाण्डौ : बारा दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमवार निधन भएको छ । भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका थिए ।
गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्रयाक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घटनास्थलमै सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको निधन भएको थियो ।
गत शनिवार एसपी पोख्रेल र प्रजिअ भट्टराईका परिवारले सवारी दुर्घटना रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका थिए । प्रमुख जिल्ला धिकारी गणेश भट्टराईका भाई नरेश भट्टराईले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताए ।
Next Post
मेयर राणाद्वारा बिरामीलाई सहयोग
६ फाल्गुन २०७५, सोमबार १६:५५
सम्बन्धित
-
८ भाद्र २०७७, सोमबार १४:५७
बाँकेमा थप १४ जना कोरोनामुक्त
-
२९ असार २०८०, शुक्रबार १६:२९
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक
-
१९ फाल्गुन २०८०, शनिबार १५:२६
नेपालगञ्जमा हल्का वर्षा हुँदै
-
१४ फाल्गुन २०७६, बुधबार १६:२७
तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न
-
२३ माघ २०७९, सोमबार १४:४७
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने
-
११ असार २०७६, बुधबार १९:१०
बाँकेका एसपीको विदाई, नयाँको स्वागत