भाकपा महासचिव येचुरी नेपालमा

८ कार्तिक २०७५, बिहीबार १३:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा महासचिव येचुरी बिहीवार बिहान काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए । दुई मुलुकबीच जनस्तरबारे पनि छलफल हुने उनले बताए ।
नेपाल बसाईका क्रममा महासचिव येचुरीले प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनले शुक्रवार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाईं सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै शनिवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव येचुरी स्वदेश फर्किने छन् ।


Next Post

खुकुरी प्रहार गरी रोल्पामा श्रीमतीको हत्या

८ कार्तिक २०७५, बिहीबार १३:३७
सदरलाइनडटकम, रोल्पा : रोल्पामा बुधवार राती एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गंगादेव गाउपालिका ५ का सुकलाल सार्किले श्रीमती देविसरा सार्कीलाई धारीलो हतीयार प्रहार गरी हत्या गरेका हुन् । राती करिब ११ बजे आफ्नै घरमा श्रीमतीको घाँटीमा खुकुरी प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । […]

सम्बन्धित