सडक स्तरउन्नतीमा एमाले उम्मेदवारको जोड

२८ कार्तिक २०७४, मंगलवार २१:०४
 

सदरलाइनडटकम 
२८ कात्तिक नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ र प्रदेशसभाका उम्मेदवारहरुले सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने आफुहरुको प्राथमिकतामा रहेको बताएका छन । सितापुरमा मंगलबार भएको भेलामा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सडक सुधार र स्तरउन्नती आफुहरुको प्राथमिकतामा परेको बताए ।
उनीहरुले नेपालगन्ज–गौघाट सडकलाई बिस्तार गरी फराकिलो बनाउने र अन्य भित्री सडक कालोपत्रे र स्तरउन्नती गरिने बताए ।
कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार, सहसंयोजक शालिकराम खडका, सचिव रत्न खत्री लगायतले सीतापुर कम्युनिष्टहरुको किल्ला भएको भन्दै यसपटक अझ बढि उत्साहित भएको बताए ।



यसैगरी बाम गठबन्धनले मंगलबार नै सोनपुरमा पनि भेला सम्पन्न भएको छ । भेलामा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल तथा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले सोनपुरबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
रोकाय र खरेलले सोनपुरमा सडक कालोपत्रे तथा स्तरउन्नती नै आफुहरुको प्राथमिकतामा परेको बताए । मंगलबार नै बनकटुवाको गुरुवागाउँमा अगुवा कार्यकर्ता भेटघाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा बाम गठबन्धनको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

२८ कार्तिक २०७४, मंगलवार २१:०४
सदरलाइनडटकम २९ कात्तिक, नेपालगन्ज : बाम गठबन्धनका उम्मेदवार सहित बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रचार अभियान तीब्र बनाएको छ । बुधबार बिहान निर्वाचन क्षेत्र नं. २ ख को नेपालगन्जको एकलैनीमा प्रचार प्रसार कार्यालय समेतको उद्घाटन गर्दै प्रचार तथा घरदैलो अभियान सुरु गरेको निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्यले जानकारी […]

सम्बन्धित