शम्सानघाट ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

सदरलाइन संवाददाता २० फाल्गुन २०८०, आईतवार १३:५७
 

नेपालगञ्ज : बाँकेको खजुरा ४ भण्डरियास्थित किरण नाला शम्सानघाट ब्यवस्थापन समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । समितिका अध्यक्ष उज्जवल बिसीको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभाले गोविन्द शर्माको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वशन्ती सुनार, सचिवमा भोला मल्ल र कोषाध्यक्षमा खिमा रोकाय रहेका छन् । यसैगरी सदस्यहरुमा केवल वली, गोविन्द खत्री, प्रकाश केसी, लगायत रहेका छन् । समितिको साधारणसभामा अध्यक्ष बिसीले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

साधारणसभामा वडा सदस्यहरु बलबहादुर बिसी र बलबहादुर कठायत, सल्लाहकार देवराम बिसी, शेरबहादुर बिसी, समितिका उपाध्यक्ष विदुर लामिछाने, मिलिजुली सहकारीका अध्यक्ष खड्ग वली, साझा फुलबारी सहकारीका अध्यक्ष वशन्ती सुनार लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


खजुरा ४ ईगाउँ, भण्डरिया, पार्वतीपुर, सम्म गाउँ, चल्तुवा, एफगाउँ, बुद्धपुर, बैजनाथ गाउँपालिका ७ परशरामपुर, ठाकुरपुर लगायतका करिब एकदर्जन बस्तीको एकमात्र शम्सानघाटलाई ब्यवस्थित गर्नका लागि समिति गठन गरिएको हो ।

स्थानीयले करिब पाँच लाख रुपैयाँ सहयोग जुटाई जग्गा खरिद गरी वडा कार्यालयको सहयोगमा घाट तथा टहरा निर्माण गरिएको छ । शम्सानघाटका लागि स्थानीय जंगलीप्रसाद बनियाले एक कठ्ठा जग्ग दान गरेका छन् । यसैगरी एमालेका युवा नेता सुमन मल्लले ५९ हजार रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरसफाइ अभियान सफल पार्न ‘घरदैलो’

२० फाल्गुन २०८०, आईतवार १३:५७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्य वडाभित्रका प्रत्येक नागरिकको घरघरमा पुग्छन् । साँझबिहान जसो दलबलका साथ उी हरेक नागरिकको घरको ढोका ढोकामा पुगेर ‘घरदैलो’ गर्छन् । सरसफाइ अभियानमार्फत वडालाई फोहोरमैला मुक्त नमुना वडा बनाउनका लागि स्थानीय नागरिकलाई सचेतना फैलाउनु उनको मुख्य उद्देश्य बनेको छ । “हरेक व्यक्ति […]