करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १४:२४
 

नेपालगञ्ज : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा न. ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले बताएको छ ।


नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हुदै गरेको घरको लागि रड काट्ने क्रममा करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएका डिएसपी अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेस्तोलसहित रुपन्देहीबाट ३ भारतीय नागरिक पक्राउ

२० असार २०७९, सोमबार १४:२४
रुपन्देही : रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका […]