सहकारीका लागि नेतृत्व विकास कार्यशाला सम्पन्न

सदरलाइन संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १८:४१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न भएको छ ।

सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि कार्यशाला आयोजना गरिएको हो । तीन दिने कार्यशालाको समापन नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले गरे । त्यसक्रममा बोल्दै समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष पुनले कुनै पनि संस्थालाई असल तरिकाले हाँक्नका लागि कुशल नेतृत्व र ब्यवस्थापकको खाँचो पर्ने भन्दै यो तालिम पश्चात सहकारीको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

पुनले सहकारी अभियानलाई स्वस्थ, विश्वसनीय र उत्तरदायी बनाउन नेपालगन्ज उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको बताए । तालिममा सहभागीलाई पुनले प्रमाणपत्र वितरण गरेका थिए ।


समापन कार्यक्रममा प्रशिक्षकको तर्फबाट जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय तथा सहभागीबाट हेपोनका सरोजकुमार शाह, शुद्ध गोरस दुग्ध सहकारीका खगेन्द्रप्रसाद न्यौपाने, ज्योतिकुन्जकी शोभाकुमारी वैश्य र अग्रगामी महिला बचत तथा ऋण सहकारीकी गीताकुमारी उपाध्यायले बोलेका थिए ।

तालिममा नेतृत्व तथा व्यवस्थापन विकास विज्ञ शिवप्रसाद भुषाल, सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध संचालक उपाध्याय र नेप्स्कुन सदस्य सेवा केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख छ्त्रप्रसाद धमलाले प्रशिक्षण दिएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।

सहकारी शाखाले यसअघि तीन दिने सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको थियो । सहकारी संघसंस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाइजो तथा घरेलु हिंसाविरुद्ध सडक नाटक

१८ फाल्गुन २०८०, शुक्रबार १८:४१
नेपालगञ्ज : बाँकेका ग्रामिण क्षेत्रमा दाइजो तथा घरेलु हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहले नेपाल राष्ट्रिय मावि गोदहनामा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । विद्यालयका प्रधानाध्यापक पारसनाथ बर्मालेसडक नाटकले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेता फैलाउन सहयोग पुग्ने विश्वास […]