कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी

७ चैत्र २०७६, शुक्रबार १०:१२
 

सदरलाइनडटकम,
काठमाडौं :  विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ ।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ ।


बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ ।

इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन । एजेन्सीको सहयोगमा

Next Post

तीनदिन अघिदेखि बेपत्ता स्कुले बालकको शव भेटियो

७ चैत्र २०७६, शुक्रबार १०:१२
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)  : बाँकेको राप्ती सोनारी गाँउपालीका वडा नं. ५ चिलहिरीया विनौनाका ८ बर्षिय स्कुले बालकको शब फेला परेको छ । गत चैत ५ गते विद्यालयको पोसाकमै साईकल सहति हराएका अरबिन चौधरीको शव मृतअवस्थामा घर नजिकैको नालाको डिलमा फेलापरेको स्थानीय सञ्चारकर्मी समेत रहेका हेमन्त चौधरीले जानकारी दिए । मृतक […]

सम्बन्धित

ताजा अपडेट