लोकल कुखुराको अण्डा, चल्ला उत्पादन गरी बजारीकरण गर्दै खजुराको कुखुरा विकास फर्म

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १२:३६
 

खजुरा (बाँके) : लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन गरेको बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल प्रजातिको कुखुराको अनुसंधान, उत्पादनसंगै बजारिकरण सुरु गरेको छ ।

सो फर्मबाट लोकल कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु कालिज, बट्टाईलगायतको अनुसंधान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्ने गरेको फर्मका प्रबन्धक डा. सुमन खनालले जानकारी दिए ।

उनले फर्ममा लोकल घाँटीखुईले, साकिने, शुद्धकालो, प्वाख उल्टे प्रजातिका कुखुरा र ग्रामिण ब्याकस्टालोक र न्यू हेम्पसार प्रजातिका कुखुराको चल्ला उत्पादन, संरक्षण र बजारिकरण गर्दै आएको बताए ।

उनले लुम्बिनी प्रदेश सरकारको पन्छीजन्य अनुसंधान केन्द्रको रुपमा रहे पनि माग अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम सरकारको माग भई आएमा सेवा प्वाह गरिने गरिएको बताए ।

फर्मका आर्थिक प्रशासन प्रमुख लेखराज केसीले चालु आर्थिक वर्षको साउनदेखि फागुण ७ गतेसम्म फर्ममा उत्पादन भएका अण्डा, एकदिने चल्ला र केही प्यारेन्ट कुखुरा र कुखुराको मलको विक्रिबितरणबाट ५८ लाख २ हजार ५ सय १६ रुपैया आमदानी गर्न सफल भएको जानकारी दिए ।


उनले फर्मबाट अनुसंन्धान र विक्रिवितरण समेत गरिने हुँदा राजस्व संकलनसंगै लोपहुन लागेका स्थानीय प्रजातिका कुखुराको संरक्षण समेत हुने भएकोले लोकल जातिका कुखुरा, कुखुराका चल्ला, कालिजका चल्ला समेतको उत्पादन गरी भएको विक्रिवितरणबाट राजस्व उठ्ने गरेको बताए ।

फर्मका सूचना अधिकृत कर्णध्वज छत्यालले फर्मले चालु आर्थिक वर्षको मंसिरदेखि लोकल कुखुराको विभिन्न प्रजातिका चल्ला ८५ हजार उत्पादन गरी बिक्रि बितरण गरिएको र यसैबर्षबाट कालिजको चल्ला समेत उत्पादन सुरु भएको जानकारी दिए ।

उनले फर्मबाट हरेक साताको सोमबार चल्ला निकाल्ने गरिएको छ । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको बताए ।

आफुहरुले फर्मबाट लिएका चल्ला लुम्बिनी प्रदेश कृषि मन्त्रालयबाट तोकिएको दररेटमा विक्रि बितरण गरिएको ब्रुडर किसान बाँके खजुरा–४ का गोबिन्द गिरी बताउछन् । ब्रुडर किसानबाट ४ हप्तादेखि १२ हप्तासम्मका चल्ला विक्रि बितरण गरिने कुखुरा पालक किसान गिरीको भनाई छ ।

कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराउदै आएको छ । यो भिडियो पनि हेरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहनगरका गाईभैसीमा निशुल्क कृतिम गर्भाधन कार्यक्रम सञ्चालनमा

१६ फाल्गुन २०८०, बुधबार १२:३६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको पशुसेवा शाखाले उपमहानगर भित्रका पशुपालक किसानले पालेका गाई र भैसीमा नश्ल सुधार भई मनग्य आम्दानी गराउने उद्देश्यले निशुल्क कृतिम गर्भाधान कार्यक्रम सञ्चालनमा ल्याएको छ । उनमहानगरका पशु पालक किसानका लागि लक्षित गरी निशुल्क कृतिम गर्भाधान कार्यक्रम सञ्चालनमा ल्याएपछि पशुपालक किशानहरु आफ्नो गाई र भैसीमा कृतिम गर्भाधान […]