लुम्बिनीमा विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य भर्नागर्न मुख्यमन्त्री आचार्यको निर्देशन

सदरलाइन संवाददाता २ बैशाख २०८२, मंगलवार १८:५५
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिएका छन् ।

प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियानको सुरुवात गर्दै उनले सो निर्देशन दिएका हुन । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियानकाु सुरुवात गर्दै उनले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हनु ।


प्रदेशमा कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ । अघिल्लो बर्षको शैक्षिक तथ्याङ्क अनुसार प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने प्रारम्भिक बालविकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेको छ ।

कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ । आधारभूत तह (कक्षा १–८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह(९–१०) मा खुद भर्ना दर ७६.५ रहेको छ । माध्यमिक तह (११–१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ । यस्तै माध्यमिक तह(९–१२)मा खुद भर्नादर ५७.९ रहेको थियो ।

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने गरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मीसँगै बाँकेमा उखु जुसको व्यापार बढ्यो

२ बैशाख २०८२, मंगलवार १८:५५
  नेपालगञ्ज : तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् । तर, यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै बाँकेका चोकचोकमा देखिन […]

ताजा अपडेट