खैरो हेरोइनसहित दाङमा २ जना पक्राउ

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १७:५२
 

दाङ : खैरो हेरोइनसहित दाङमा २ जना पक्राउ परेका छन् । पक्राऊ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेका छन् ।

उनीहरूलाई प्रहरीले शुक्रवार राती घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको जनाएको छ ।


प्रहरीका अनुसार, उनीहरूको साथबाट ६ वटा प्लास्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाह्र वर्षमुनिका बालबालिकालाई कोभिड खोप दिइने

२१ जेष्ठ २०७९, शनिबार १७:५२
नेपालगञ्ज : १२ वर्षमुनिका बालबालिकाले कोरोना खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारको दोस्रो सातादेखि पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन शुरू गर्ने जानकारी दिएको छ । बालबालिकाका लागि आवश्यक खोप अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत्र ८४ लाख डोज फाइजरको खोप उपलव्ध गराउने […]