नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ चैत महिनामा सम्पादित प्रमुख कार्य तथा प्रगति बिवरण सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको बिबरण अनुसार अपराध नियन्त्रण– कारवाहीमा १३ लाख ५९ हजार ३ सय ५० बराबरको अबैध भन्सार छलिको सामानसहित ३ जना मानिस, १ जिप र ३ वटा मोटरसाईकल पक्राउ गरी सम्बन्धित निकाय पठाईएको जनाएको छ ।
चैत्र महिनाभर ट्राफिक नियम उलंघन गर्ने सवारी साधन ३ हजार ७ सय २० वटालाई कारवाही गरी.२९ लाख ५८ हजार राजस्व संकलन भएको छ । चैत्र महिनामा भएको ७१ वटा सवारी दुर्घटनामा परेर ७ जनाको ज्यान जानुको साथै १ सय २० घाइते भएका छन ।
बाँके प्रहरीले सो अबधीमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाई ८ हजार जरिवाना गराउन सफल भएको जनाएको छ ।
प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएका करिव ३ लाख ४ हजार ६ सय ३५ मुल्य बराबरको ब्रोईलर कुखुरा र मासू आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाएको जनाएको छ ।
अपराध अनुसन्धान र कारवाही
बाँके प्रहरीमा चैत्र महिनाभर जम्मा १ सय ५८ वटा मुद्दा दर्ता भएकोमा १ सय ९३ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको जनाएको छ ।
यो अवधीमा अघिल्लो महिनाको ५२वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरेको, ५६जना फरार अपराधी पक्राउ गरिएको, जसबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७ सय ८ रुपैया जरिवाना असूलउपर गरिएको जनाएको छ ।
बाँके प्रहरीमा चैत्र महिनाभर ठाडो उजुरी ५ सय ९३ वटा प्राप्त भएको ५ सय २५फर्छौट भएको र ६८वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको उल्ले गरिएको छ ।
यसैगरी प्रहरीले लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेससहित १६ जना ओसार पसारकर्ताहरुलाई कानूनी दायरामा ल्याउन सफल भएको छ ।
प्रहरीले चैत्र महिनामा हराएका ६ वटा मोटरसाईकल, २६ थान आईफोन, एन्ड्रोईड मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको छ ।


सामाजिक संजाल व्हाट्सएप प्रयोग गरी फीरौती माग्ने १ जना पक्राउ गरि कानूनी दायरामा ल्याईएको, ढुङ्गा, मुक्काले टाउकोमा प्रहार गरि कर्तब्य गरि मार्ने १ युवक पक्राउ गरि कानूनी दायरामा ल्याएको, पूर्व रिसइवी लिई कर्तब्य गरि मार्ने १ जना मानिसलाई पक्राउ गरि कानूनी दायरामा ल्याएको उल्लेख छ ।
महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान कारवाही
चैत्र महिनामा बाँके प्रहरीमा महिला बालबालिकासंग सम्बन्धित अपराधमा १४ वटा मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।
यी मध्ये घरेलु हिंसा सम्बन्धी ३८ वटा उजुरी प्राप्त भएकोमा ३० वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ४५ वटा निबेदन प्राप्त भएकोमा २० जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ९० जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको जनाईएको छ ।
समुदाय प्रहरी सहकार्य गतिविधी
समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी चैत्र महिनामा बाँके प्रहरीले १ सय ४१ वटा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
जसमध्ये लैङ्गिकहिंसा निबारण, लागू औषध सम्बन्धी सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना, अल्पशंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतकाकार्यक्रम संचालन गरिएको उल्लेख छ ।
यसैगरी ट्राफिक सचेतनातर्फ २ सय ६३ वटा सचेतनामुलक कार्यक्रम ( लेन अनुशासन,जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको छ ।
आन्तरिक सुदृढीकरण तर्फ
चैत्र महिनामा उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरित कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई बिभागिय कारवाही गरिएको छ ।
यसै अवधिमा पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम समप्न्न भएको, जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्टीपलाईट जडान सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको छ ।
प्रहरी चौकी बेलभारमा मुल गेट निर्माण कार्य भईरहेको, प्रहरी चौकी साईगाउँमा जानकी गाउपालिकाको सहयोगमा कम्प्युटर, प्रिन्टर लगायतका उपकरण प्राप्त भएको, इप्रका चिसापानी, प्रहरी बिट न्यू सिटि र प्रहरी चौकी फत्तेपुर (क) बाँकेलाई जग्गा प्राप्तिको लागि लेखापढी तथा समन्वय भईरहेको उल्लेख छ ।