लागुऔषधसहित दाङमा एक पक्राउ

सदरलाइन संवाददाता ११ बैशाख २०७९, आईतवार १५:४६
 

दाङ : घोराही उपमहानगरपालिका–१८ मुसलवान डाँडाबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय दिपक वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुसलवान डाँडामा लागूऔषध ब्राउन सुगर बेच विखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको घोषणापत्र सार्वजनिक

११ बैशाख २०७९, आईतवार १५:४६
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले पार्टीको नीति र […]