नेपालगञ्ज उपमहनगरका गाईभैसीमा निशुल्क कृतिम गर्भाधन कार्यक्रम सञ्चालनमा

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १३:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको पशुसेवा शाखाले उपमहानगर भित्रका पशुपालक किसानले पालेका गाई र भैसीमा नश्ल सुधार भई मनग्य आम्दानी गराउने उद्देश्यले निशुल्क कृतिम गर्भाधान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

उनमहानगरका पशु पालक किसानका लागि लक्षित गरी निशुल्क कृतिम गर्भाधान कार्यक्रम सञ्चालनमा ल्याएपछि पशुपालक किशानहरु आफ्नो गाई र भैसीमा कृतिम गर्भाधान गराउन थालेका छन् ।

नेपालगञ्ज उपमहानगर– वडानं. १९ कटलियाका भैसीपालक किसान छब्बेलाल बर्माले उपमहानगरले गाईभैसीमा कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरेर ठूलोे गुण लगाएको बताए ।

उनले भने–‘पहिला भैसीलाई राँगा खोज्न जानु पथ्र्यो त्यो पनि स्थानीय जातकै हुँदा भैसीले दुध पनि कम दिने र जन्मने पाडापाडी पनि स्थानीय नै हुने भएकोले भनेजति आम्दानी हुँदैनथ्यो तर अहिले भने उपमहानगरले निशुल्क कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरेर हामीजस्ता किसानलाई ठूलो फाइदा भएको छ ।’


भैसीलाई कृतिम गर्भाधान सेवा दिदा मुर्रा प्रजातीको राँगाको सिमेन र गाईलाई हलेण्ड जसी प्रजातिको सिमेन प्रयोग गरिने हुँदा जन्मने पाडापाडी पनि स्वस्थकर भएर जन्मने र किसानलाई आम्दानी पनि हुने भएकोले उपमहानगर निशुल्क रुपमा कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको उपमहानगरका पशुसेवा शाखाका पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरले एक गाई वा भैसीमा कृतिम गर्भाधान सेवा दिए वापत पशु स्वास्थ्य प्राविधिकले ६ सय पाउने गरेको र दुई जना सूचिकृत भएर सेवा प्रवाह गरि रहेको उपमहानगरका पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक गौतमले बताए ।

उनले भने–उपमहानगरले सेवा प्रवाहको लागि दुईजना पशुस्वास्थ्य प्राविधिकलाई सुचीकृत गरेर सेवा प्रवाह गरेको छ । पशु स्वास्थ्य प्राविधिकले किसानको पशुको फोटो, सेवाकार्ड भरेर सेवा प्रवाह गरेपछि कार्यालयमा दिएको प्रतिबेदनको आधारमा कार्यालयले भुक्तानी दिने व्यवस्थामिलाएको छ ।’

नेपालगञ्ज उपमहानगरको पशुसेवा शाखाले उपहानगरमा भएका गाई र भैसीमा निशुल्क कृतिम गर्भाधान सेवा प्रवाहका लागि सुचिकृत गरेपछि आफुले ७२ वटा गाईभैसीमा कृतिम गर्भाधान सेवा दिएको पशु स्वास्थ्य प्राविधिक नवल किशोर पाठकले जानकारी दिए ।

गत आर्थिक वर्षमा २ सय ५० पशुमा कृतिम गर्भाधान सेवा दिने लक्ष रहेकोमा १ सय ४२ गाई र ९६ भैसी गरी २ सय ३८ लाई कृतिम गर्भाधान सेवा दिएको र चालु आर्थिक वर्षको फागुण पहिलो सातासम्म ७२ वटा पशुमा कृतिम गर्भाधान सेवा प्रवाह गरिएको पशु सेवा शाखाले जनाएको छ । कृतिम गर्भाधान कार्यक्रमले पशुमा नश्ल सुधार भई किसानलाई राम्रो आम्दानी दिने अपेक्षा गरिएको छ ।

One thought on “नेपालगञ्ज उपमहनगरका गाईभैसीमा निशुल्क कृतिम गर्भाधन कार्यक्रम सञ्चालनमा

  1. सेवामा खटिएका व्यक्ति को सम्पर्क नम्बरहरु दिन पर्ने थियो। मेरो एउटा गाई लाई कृतिम गर्भाधान गराउन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाध्यक्ष शेषलाई कार्वाहीको माग गर्दै कामकाज ठप्प

१६ फाल्गुन २०८०, बुधबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरुले बुधवार कामकाज ठप्प पारेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले अबाञ्छित क्रियाकलाप गरेको भन्दै सम्पूर्ण कर्मचारीहरुले नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा ठप्प गरेका हुन् । वडा अध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानुनी […]