बाँकेमा १ लाख बढीलाई दादुरा–रुबेला खोप दिईंदै

सदरलाइन संवाददाता ११ फाल्गुन २०८०, शुक्रबार १७:४४
 

नेपालगञ्ज : बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए ।

नेपालगञ्जमा शुक्रवार आयोजित दादुरा–रुबेला खोप अभियान सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा खोप अभियानको तयारीबारे जानकारी गराइएको हो । जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी श्रेष्ठले जिल्लामा गरिएको तयारीबारे जानकारी गराएका हुन् ।


राप्तीसोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयको छ । ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ ।

त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुनेछन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा गुणस्तरीय स्यानिटरी प्याड वितरण

११ फाल्गुन २०८०, शुक्रबार १७:४४
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगर शिक्षा तथा खेलकुद शाखाले विद्यालयका प्रतिनिधिहरुलाई शुक्रवार नगरपालिकामा बोलाएर स्यानिटरी प्याड वितरण गरेको नगर शिक्षा अधिकृत शीला गौतमले जानकारी दिइन् । उनका अनुसार कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई लक्षित गरेर ७५ हजार ७०० प्याकेट स्यानिटरी […]