बलात्कार गर्ने १६ वर्षीय किशोरलाई ८ वर्ष जेल

सदरलाइन संवाददाता ११ फाल्गुन २०७७, मंगलवार १०:४५
 

सल्यान : १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका– १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ । आरोपी नाबालिग भएकाले ८ वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ ।

जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

तर, आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए । उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए ।


०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए ।

आरोपितलाई ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगञ्ज पठाइएको थियो ।

Next Post

फरुवा प्रहार गरी श्रीमानको हत्या

११ फाल्गुन २०७७, मंगलवार १०:४५
कञ्चनपुर : बेलौरी नगरपालिका ६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन् । श्रीमान ओमकुमार चौधरीलाई फरुवा प्रहार गरी वसन्तीले मंगलवार विहान हत्या गरेकी हुन् । घरायसी विवाद क्रममा वसन्तीले श्रीमानमाथि फरुवा प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा बताएका छन् । […]