केएल दुगडको गोदाममा भिषण आगलागी नियन्त्रणको प्रयास जारी

७ श्रावण २०७४, शनिबार १८:३९
 

सदरलाइनडटकम  
७ साउन, नेपालगन्ज : नेपालगन्ज– १८ को भुजई गाउमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा भिषण आगलागि भएको छ । शनिबार दिउसो करिब ३ बजेदेखि सुरु भएको सो आगलागी साँझ साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
सोयाबिन तेल, बनस्पति घिउ र गहुँ भण्डारण गरिएको सो गोदाममा तेल र घिउ राखेको गोदामबाट आगो सुरु भएको प्रत्यक्षदर्शी सुरेश भण्डारीले बताए ।
नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र छिमेकी जिल्लाको गुलरिया नगरपालिकाको दमकल, स्थानीय प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको अथक प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
के कारणले आगो लाग्यो खुल्न सकेको छैन । घटनास्थलमा रहेका केएल दुगड गु्रपका नेपालगन्ज प्रबन्धक प्रदीप छाजेडले आगलागीको कारण खुल्न नसकेको बताए । उनले शनिबारको दिन भएकोले आफु घरमा रहेको अवस्थामा गोदाममा एक्कासी आगलागी भएको जानकारी पाएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केएल दुगडको नेपालगन्ज गोदाममा भिषण आगलागी, चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा (फोटो कथासमेत )

७ श्रावण २०७४, शनिबार १८:३९
सदरलाइनडटकम ७ साउन, नेपालगन्ज : नेपालगन्ज–१८ को भुजई गाउँमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा शनिबार दिउसो भिषण आगलागि भएको छ । शनिबार दिउसो करिब पौने चार बजेदेखि सुरु भएको सो आगलागी साँझ पौने ८ बजेमात्र नियन्त्रणमा आएको थियो । नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिकाका दमकल आगलागि सुरु भएको […]