नेपालगञ्जस्थित सिता एयरको कार्यालयमा तालाबन्दी

सदरलाइन संवाददाता १ चैत्र २०७९, बुधबार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्ज बिमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा ट्राभल ब्यवसायीले तालाबन्दी गरेका छन् । नेपालगन्ज बिमानस्थलबाट साविक मध्य र सुदुरपश्चिम क्षेत्रका पहाडी जिल्लामा ‘चार्टर’ तथा ‘कार्गो’ उडान गर्नका लागि सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार एयरलाइन्सले सेवा नदिएको भन्दै ट्राभल ब्यवसायीले ताला लगाएका हुन् । उक्त कार्यालयमा बुधबार बिहान पौने १० बजेतिर ‘गो कर्णाली टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ललितजंग महतका छोरा सुविन महतले ताला लगाएको प्रहरीले जनाएको छ ।


नेपालगञ्ज विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज(सई) रबिन्द्र बमका अनुसार सम्झौता अनुसार उडान गरेको भन्दै ट्राभल ब्यवसायीले ताला लगाएका थिए । ‘तालाबन्दी भएपछि दुई पक्षलाई बोलाएर छलफल गराउने प्रयास भइरहेको छ, सम्झौता अनुसारको सेवा नदिएको ब्यवसायीको गुनासो छ,’ उनले भने ।

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगञ्ज बिमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले सिता एयरको कार्यालयमा ताला लगाएको विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘तालाबन्दी गरेको विषयमा मलाई जानकारी छैन, म बुझ्दैछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापीरुपमा मनाइने

१ चैत्र २०७९, बुधबार १४:१६
राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले मान्छेले आफुले फेर्ने श्वासका निम्ति अस्पताल जाने वातावरण बन्दै गएको भन्दै यस प्रति सबैलाई सचेत रहन आग्रह गरेका छन् । वन डढेलो नियन्त्रण सप्ताह २०७९ अन्र्तगत बुधवार राप्तीसोनारीको ओभरीमा आयोजित सप्ताह शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो […]