नेपालगञ्ज : बालिका बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरी प्रतिवेदन लिइएको छ भने पीडकको डीएनए परीक्षण प्रक्रियामा रहेको प्रहरीले बताएको छ ।
कोहलपुर १० बस्ने युवकले पीडितको कोठामा गई युवतीलाई जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । पीडित युवतीले नजिकै रहेको एक नं. प्रहरी बीटमा आफ्नो घटना विवरण सुनाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले युवकलाई उनको निवासबाटै पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यता पीडितका छिमेकीले भने पीडित भनिएकी केटीले केटालाई आफै कोठामा बोलाई सहमतिमै यौन सम्पर्क गरेको र आफन्तहरुले थाहा पाएपछि नाटकीयरुपमा बलात्कार गरेको उजुरी दिएको दाबी गरेका छन् । यद्यपि पीडित युवती २० वर्ष नपुगेकाले कानुन आकर्षित हुने र कारबाही समेत हुने जानकारहरु बताउँछन् ।