चाडपर्वका अवसरमा प्रहरीद्वारा सरसफाई अभियान

सदरलाइन संवाददाता ३ कार्तिक २०७७, सोमबार १७:२२
 

नेपालगञ्ज : नजिकिँदै गरेको नेपालीको चाडपर्वहरुका अवसरमा बाँके प्रहरीले नेपालगञ्जमा सरसफाई अभियान थालेको छ । दशैं, तिहार तथा छठ पर्वका अवसरमा प्रहरीले नेपालगञ्जस्थित धार्मिकस्थल मठमन्दिरलगायतको सरसफाई अभियान थालेको हो ।

अभियानअन्तर्गत प्रहरीले सोमवार नेपालगञ्ज २ स्थित हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाई गरेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा खटिएको टोलीले बागेश्वरी मन्दिर वरिपरि सरसफाई गरेको हो ।

बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्न जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनिसँगै अगाडी बढाएको छ ।

Next Post

देशभर ३७ सय बढी संक्रमित थपिए

३ कार्तिक २०७७, सोमबार १७:२२
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार सोमवार देशभर २ हजार ३ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित […]