कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १२ कार्तिक २०७८, शुक्रबार १३:३१
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । गढवा १ दाङका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शुक्रवार दिउँसो १ बजे मृत्यु भएको हो ।

असोज २ गते संक्रमण पुष्टि भएका उनलाई असोज २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको दिउँसो मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


योसँगै बाँकेमा मृतकको संख्या ३३८ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४२७ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार परिसरभित्रै अधिवक्ताबीच कुटाकुट

१२ कार्तिक २०७८, शुक्रबार १३:३१
काठमाण्डौ : नेपाल बार एशोसिएशनको परिसरभित्रै कानुन व्यवसायी कुटिएका छन् । कुटिने र कुट्ने दुवै अधिवक्ता रहेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् । सर्वोच्चका न्यायाधीशहरु इजलाशमा फर्कनुपर्ने र बेञ्च सुचालु […]