समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

२७ पुष २०७६, आईतवार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप लागेको छ । समावेशी प्यानका अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दाबी गर्दै पक्रकार सम्मेलन समेत गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा समावेशी समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले परिचयपत्र गायव बनाएको उल्लेख गरिएको छ ।
‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियान अन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समूहले निर्वाचन आचारसंहिता विपरीत मतदाता परिचय–पत्र कब्जा गरेको छ । यस हर्कतलाई हामीले मतदाताको वैयक्तिक अधिकार हनन् तथा चुनावी वातावरणलाई असहज बनाउने कुत्सित नियतबाट उत्प्रेरित भएको रुपमा लिएका छौं । हामी यस कार्यको घोर निन्दा गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।
उम्मेदवार छनौट समितिका संयोजक गोपाल अधिकारीले मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरि परिचय–पत्र लिन सकिने स्पष्ट उल्लेख हुँदाहँुदै पनि अध्यक्ष प्रत्याशी चुन्ना समूहका सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले हस्ताक्षर गरेर सयौं परिचय–पत्र एकमुष्ट लिएर गएको कार्यबाट निर्वाचन निष्पक्ष हुने बिषयमा सशंकित बनाएकोे बताए ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको यसअघि वितरण गरिएका सम्पूर्ण मतदाता परिचय–पत्र रद्द गरी नयाँ परिचय–पत्र तयार गरी निर्वाचन नियमावलीमा व्यवस्था भएअनुरुप नै वितरण गर्नुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्मा, पूर्व महासचिव विष्णु लामिछानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Next Post

मेडिकल कलेजले अस्पताल फार्मेसीबाट मात्रै औषधि किन्न लगाएपछि व्यावसायी आन्दोलित

२७ पुष २०७६, आईतवार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारमा आउने विरामीले औषधि अस्पतालको फार्मेसीबाट मात्रै किन्नु पर्ने प्रावधान लागु गरेपछि औषधि व्यावसायी आन्दोलित भएका छन् । अस्पतालको आसपासमा रहेका करिव ३५ वटा औषधि पसल बन्द गरेर उनीहरु आन्दोलनमा उत्रीएका हुन । मेडिकल कलेजले विरामीले अस्पतालको फार्मेसीबाट मात्रै औषधि किन्नु […]