लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको अवलोकन

सदरलाइन संवाददाता १२ पुष २०८१, शुक्रबार १८:४२
 

बर्दिया :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । उनले आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसंग छलफल गरेका थिए ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराए । ‘आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो’–उनले भने–‘ रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।’

लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने आशा गरिएको बताउदै आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उनले नदि कटान र विपद जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे । ‘स्थानीयहरुसंग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ’–उनले भने–‘बस्तिलाइ सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिको दुबै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस ।’ आयोजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसंग भेट गरेका थिए ।

अवको २ बर्ष भित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।


भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८्६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।

सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘संयुक्त प्रयासले मात्र मानव बेचविखन बिरुद्ध काम गर्न सकिने’

१२ पुष २०८१, शुक्रबार १८:४२
नेपालगञ्ज :  मानव बेचविखन रोकथाम र न्यूनिकरण जस्तो संवेदनशिल मुद्दामा अन्तरदेशिय सञ्जाल माफर्त सहकार्य गर्नुपर्ने नेपालगञ्जमा आयोजिक एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । जिल्ला मानव बेचविखन रोकथाम संयन्त्र बाँकेको आयोजना तथा माईती नेपालको संयोजनमा आयाजित एकदिने मानव बेचविखन बिस्द्धको अन्तरदेशिय कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन । कार्यक्रमलाई सम्बोधन […]