अख्तियारबाट अदालत पुग्ने कसुर स्थापित दर घट्दै

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १५:२८
 

नेपालगञ्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीहरू अनुसन्धानपछि न्यायिक निरूपणका लागि अदालत पुग्ने गरेका छन् । तर, अख्तियारबाट अदालत पुग्ने उजुरीहरूको कसुर स्थापित दर भने निकै न्यून रहेको छ ।

अख्तियारको स्थापना दिवसका क्रममा गत माघ अन्तिम साता अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले प्रस्तुत गरेको तथ्यांक अनुसार कसुर कायम दर घट्दै गएको हो । अख्तियारमा आर्थिक बर्ष २०७५/०७६ मा कुल २४ हजार ८५ उजुरी पर्यो । ६४.४७ प्रतिशत फस्र्यौट भयो, ३ सय ५१ मुद्दा मा ८८.२४ प्रतिशतमा कसुर स्थापित भयो, ८३ मुद्दा पुनरावेदन गरिए ।

अख्तियारका अनुसार, २०७६/०७७ मा २५ हजार १ सय ५२ उजुरी दर्ता भए, ६७.४० प्रतिशत फस्र्यौट भयो, ४ सय ४१ मुद्दा दायर भए, ८४.८ प्रतिशत कसुर स्थापित भयो भने २० वटा मुद्दा पुनरावेदन गरिए । आर्थिक बर्ष २०७७/७८ मा २२ हजार ६ सय २५ उजुरी दर्ता भएकोमा ६४.२३ प्रतिशत उजुरको अनुसन्धान टुंगियो ।


१ सय १४ उजुरी अनुसन्धानपछि मुद्दामा गए कसुर ७१.६८ प्रतिशत कायम भयो । आर्थिक बर्ष २०७८/०७९ मा २४ हजार ३ सय ३१ उजुरी परेकोमा ७०.५६ प्रतिशत फस्र्यौट भयो । १ सय ३१ मुद्दामा दर्ता भएकोमा ३८.५१ प्रतिशत मात्रै कसुर कायम भयो । ५७ मुद्दामा अख्तियारले पुनरावेदन गर्यो ।

आर्थिक बर्ष २०७९/०८० मा परेका २८ हजार ६७ उजुरी मध्ये १८ हजार ७ सय ९९ फस्र्यौट भए । १ सय ६२ मुद्दामा गयो भने कसुर स्थापित दर ३३.४३ रह्यो । अख्तियारले यस अवधिमा २ सय ३७ मुद्दा पुनरावेदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरको सेवा बन्द

६ फाल्गुन २०८०, आईतवार १५:२८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको अत्यावश्यक बाहेकको सेवा आइतवार बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको हुँदा आइतवार अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको हो । उपमहानगरपालिकाले आइतवार विहान एक सूचना जारी गर्दै सरसफाई शाखामा कार्यरत कुचिकार अनुप वाल्मिकीको असामयिक निधनप्रति समबेदना प्रकट गर्दै २३ वटै वडा कार्यालयबाट प्रदान […]