नेपालगञ्ज–९ का मतदाता भन्छन वडाको विकास हाँक्ने व्यक्ति चाहियो

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १७:३७
 

नेपालगञ्ज : नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ का वडाअध्यक्ष पदका उम्मेदवारहरु आजदेखि नमुना मतपत्र बोकेर घरघरमा पुगेका छन् ।

नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा गोविन्द रेग्मी, वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् । चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित देखिएका रेग्मीले मतदातालाई मत हाल्न सिकाउँदै पुनः घरदैलो सुरु गरिएको बताए । एमालेका पुराना र त्यागी नेताकारुपमा चिनिने रेग्मी स्थानीयमाझ अत्यन्तै लोकप्रिय छन् । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।


वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा रेग्मीको जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुकदेखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।

पछिल्लो समय युवा पुस्ता लागु पदार्थ दुव्र्यसनिमा फस्ने गरेको भन्दै यसलाई रोक्न युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने गरी योजना बनाइएको पनि उनले सुनाए । ‘जिवनको महत्वपूर्ण कालखण्ड समाजसेवामै विताइएको छ उनले भने–‘अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगञ्जकै नमुना बनाउने इच्छा छ ।’

उमेरमा पनि परिपक्व, सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले रेग्मीलाई जिताउनु पर्ने बताउँछन् । ‘स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ मतदाताहरु भन्छन् –‘गोविन्द रेग्मी सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार हो, उहाँको विकल्प छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनजनाको ज्यान जानेगरी भएको सडक दुर्घटनाका कारचालक थापा कारागार चलान

२२ बैशाख २०७९, बिहीबार १७:३७
नेपालगञ्ज : गत चैतको अन्तिमसाता कारले किचिएर नेपालगञ्जमा एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । कार चालक नेपालगञ्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाँके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा जिल्ला अदालतका […]

सम्बन्धित