नेपालगञ्जमा मानव अधिकार रक्षक कानूनको औचित्यता र आवश्यकता बारे अन्तरक्रिया

सदरलाइन संवाददाता १४ पुष २०८१, आईतवार १८:२४
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले प्रदेशले कानून निर्माण गर्ने मात्र ठूलो कुरा नभई कानूनको कार्यान्वयन गर्ने कुरा ठूलो भएको बताएका छन् ।

आईतबार नेपालगञ्जमा इन्सेक लुम्विनी प्रदेश कार्यालयले लुम्विनी प्रदेश सभा सदस्यहरु र नागरिक समाजका ब्यक्तिहरुसंग ‘मानव अधिकार रक्षक कानूनको औचित्यता र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अग्रवालले सो कुरा बताएका हुन ।

उनले प्रदेशले निर्माण गरेका ५४ वटा कानून मध्ये अत्यन्तै थोरै मात्र कार्यान्वयन गरिएको बताउदै मानव अधिकार रक्षक कानून ड्राफ्ट गरी यसै पटकको सदनमा लैजान आफु सकारात्मक भएको कुरामा जोड दिदै भने–‘ कानून निर्माण गर्नु मात्र ठूलो कुरा होईन अहिले हतारमा कानून बनाउने कार्यान्वयन गर्दा संशोधन गर्न आवश्यक देखिने समस्याबाट टाढै हुनुपर्छ ।’


मन्त्री अग्रवालले प्रदेशले निर्माण गरेका कानूनहरु छलफल नै नगरी बहुमतको दम्भमा परित गर्ने र कार्यान्वयनको बेलामा यो मिलेन यो बाझियो त्यो बाझियो भनेर संशोधनमा लैजाने गरिएको दुखेसो गरे ।

इन्सेक लुम्विनी प्रदेश संयोजक भोला महतले सहजिकरण गरेको सो कार्यक्रममा मानवअधिकार रक्षक कानून निर्माण गरी कार्यान्वयनमा ल्याउनको लागि धनाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रदेशका पूर्वमन्त्रीहरु भण्डारीलाल अहिर, रत्न खत्री, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, प्रहलाद कार्की, अधिकारकर्मी प्रभातकुमार ठकुरी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी लगायतले आ–आफ्नो सुभाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि नेपालगञ्जमा छलफल

१४ पुष २०८१, आईतवार १८:२४
नेपालगञ्ज :  मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि इमामहरुको भुमिकाका बारेमा नेपालगञ्जमा छलफल गरिएको छ । मुस्लिम आयोगको आयोजना तथा प्लान ईन्टरनेश्नल तथा बाँके युनेस्को क्लबको सहकार्यमा उक्त छलफलमा गरिएको हो । उक्त छलफलमा ‘इमाम’ धर्मशास्त्र पढाउने धर्म गुरु मात्र नभएर सामाजिक, आर्थिक तथा शैक्षिक अगुवा समेत भएको कुरामा जोड […]

ताजा अपडेट