बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

२५ श्रावण २०७६, शनिबार १४:२०
 

सदरलाइनडटकम,
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रवार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् ।
झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइएको कठायतले बताए ।

Next Post

जम्मुमा धारा १४४ हट्यो, अवस्था सामान्य बन्दै

२५ श्रावण २०७६, शनिबार १४:२०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको जम्मु जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिवार धारा १४४ हटाइएको छ । धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिको संख्यामा भेला हुन प्रतिबन्ध लाग्दछ । जम्मूमा गत अगष्टमा ५ धारा १४४ लगाइएको थियो । त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ । अब […]