तक्षशिलाले मनायो आठौ वार्षिक उत्सव

सदरलाइन संवाददाता ३ फाल्गुन २०८०, बिहीबार १८:२२
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडेमीले आफ्नो ८औ वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बेलबासेको अध्यक्षतामा अन्तरसंबाद सहितको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आर्चायले विद्यालयका औपचारिक मञ्च जनप्रतिनिधिको लागि अत्यन्त उपयोगी र आफ्ना बिचारलाई समुदायसम्म पुराउने उपयुक्त थलो भएको बताए ।

उनले शैक्षिक गुणस्तरको लागि तक्षशिला एकेडेमीले कोहलपुर क्षेत्रमै आफ्नो अब्बल छाप छोटो समयमै निर्माण गर्न सकेको बताए । बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई बहुआयामिक बनाउनको लागि बिद्यालयले पनि केही गर्नुपर्ने सुझाव दिए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले विद्यार्थीहरुले अभिभावकको ईच्छा अनुसार आफ्नो लगन र मेहनतका साथ अध्ययन गरी जिम्मेवार नागरिक बन्नु पर्ने कुरामा जोड दिए ।

खोपीराम वली क्षेत्रीले सहजिकरण गरेको कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा अधिकृत शिला गौतम, बागेश्वरी क्याम्पसका प्रमुख दानहादुर हमाल डाक्टर दिलबहादुर सत्यालले आ–आफ्नो जीवनका अनुभव सुनाएका थिए ।


तक्षशिला एकेडेमी बिद्यालय शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । बिद्यार्थीहरुको लागि यस बिद्यालयले स्मार्ट बोर्डका माध्यमबाट अध्यापन गराउदै आएको छ । थप नविनतम योजना र कार्यक्रम सञ्चालन गरी अब्बल विद्यालय निर्माण गर्ने योजना रहेको अध्यक्ष वेलबासेको प्रतिबद्धता छ ।

विद्यालयमा आउने विद्यार्थीका लागि तक्षशिला खेल्दै सिक्दै र विद्यार्थीको मनोभावना अनुसार पढाउने व्यवस्था मिलाएको छ । सोही अवसरमा हाइजम्प खेलतर्फ जिल्लामै प्रथम भएका मिलन बिश्वकर्मालाई बिद्यालयले सम्मान समेत गरेको थियो ।

आठौ वार्षिक उत्सवको अवसरमा विद्यालयको शैक्षिक तथा अन्य गतिििवधका विभिन्न बिद्यामा प्रथम ,द्वितिय ,तृतिय हुनेहरुलाई बिद्यालयले पुरस्कार समेत प्रदान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना

३ फाल्गुन २०८०, बिहीबार १८:२२
नेपालगञ्ज : पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल शुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ स्थित श्री […]