मुख्यमन्त्री पोखरेल र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता

२५ आश्विन २०७५, बिहीबार १७:१९
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बिहीवार विश्व वैंकका नेपालस्थित कन्ट्रि डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडिका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासिय प्रतिनिधि यमनाथ शर्मालगायत दातृ निकायको एक टोलीले भेट गरेको छ ।
टोलीले प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका काम, समस्या र अबको गन्तव्य बारे जानकारी लिएको छ । संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमता सम्बन्धी आवश्यकताको पहिचान सम्वन्धी सर्वेक्षण तथा अध्ययनको बारेमा जानकारी दिनुका साथै त्यसको प्रभावकारिता र प्रयोगको बारेमा छलफल भएको थियो ।
विश्व बैंकका कन्ट्रि डाइरेक्टर फारिसले विश्व बैंकले यस प्रदेश लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोग सम्बन्धी आयोजनाका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराए ।
टोलीलाई मुख्यमन्त्री शंकर पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजनाहरु सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरे । उनले प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसंग छलफल गरी प्रदेशको सोंच र प्राथमिकतालाई योगदान पुर्याउने गरी अघि बढाउन जिकिर गरे ।

Next Post

नरैनापुरमा उन्नत जातका बोका वितरण

२५ आश्विन २०७५, बिहीबार १७:१९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले उन्नत नश्ल सुधार कार्यक्रमअन्तर्गत बोयर जातका बोका विरतण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकलाई १८ वटा बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । प्रत्येक वडाका ३ जनालाई गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले ७५ प्रतिशत शुद्धता भएका बोयर जातका बोका वितरण […]