भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल विजयी

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १७:२४
 

चितवन : चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।

दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरे । दाहाल २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित भएकी थिइन् ।

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरको स्विमिङ पुलमा डुबेर एकजनाको मृत्यु

१० जेष्ठ २०७९, मंगलवार १७:२४
कञ्चनपुर : कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ । जिल्लाको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार मंगलवार दिउँसो नुहाउने क्रममा भारतको उत्तर प्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको छ । पौडी खेल्न नजान्ने […]

सम्बन्धित