अब नरैनापुरको वडा नं. ६ बालविवाह मुक्त वडा

लक्ष्मी तिमिल्सेना २६ भाद्र २०७८, शनिबार १९:२५
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडानं ६ लाई शनिबार बाल विवाह मुक्त घोषणा गरिएको छ । शनिबार दिउँसो एक समारोहका बीच गाउँपालिका कै पहिलो वडाका रुपमा वडा नं ६ लाई बालविबाह मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तब र वडा अध्यक्ष बिरेन्द्र पाल सिंहले सयुक्त रूपमा बाल विवाह मुक्त घोषणा गरेका हुन ।

सो कार्यक्रमको प्रमुख अतिथी श्रीवास्तबले आगामी फागुन महिना भित्र जुन पालिकाले बाल बिबाह मुक्त पालिका घोषणा गर्छ सो पालिकाले दस लाख पाउने घोषणा समेत गरे । उनले बालविबाह सामाजिक कुरुतीको रुपमा रहेकोले यसबाट मुक्त हुनको लागि सचेतना र शिक्षामा जोड दिन सुझाव दिए ।

सो कार्यक्रमका अतिथिमा नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देबि श्रीबास्तब, प्रमुख प्रशाकिय अधिकृत दलबहादुर बस्नेत, स्याक नेपालका अध्यक्ष शिबलाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।


वडालाई बाल विवाह मुक्त बनाउने अभियानका रुपमा लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपालले बाल बिबाह रोकथाम परियोजना सन्चालन गर्दै आएको बाल विवाह रोकथाम परियोजनाका सुपरभाईजर एव नरैनापुरका स्थानीय त्रिभुवन प्रसाद यादवले जानकारी दिए ।

सो कार्यक्रममा स्याक नेपालका परियोजना  प्रबन्धक  जगदीश थापाले बाल बिबाहको मुक्त घोषणा गर्नको लागि प्राप्त आधार र अनुसन्धानको सार प्रस्तुत गरेका थिए । जिल्लामा पछिल्लो समय वडाहरुलाई बाल विवाहमुक्त घोषणा कार्यक्रम तीब्र रुपमा चलिरहेको छ । बाँकेका ८१ वडा मध्ये हालसम्म १७ वटा वडा बालविाह मुक्त घोषणा भएका छन् ।

सो अवसरमा वडालाई बालविवाह मुक्त बनाउन योगदान दिने दुई सञ्चारकर्मी सहित करिव दुई दर्जनबढीलाई सम्मान गरिएको थियो । सदरलाइन डटकमका सम्पादक रुद्र सुवेदी, सदभाव रेडियोका नविन गिरी लगायतलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार दुईजनामा कोरोना पुष्टि

२६ भाद्र २०७८, शनिबार १९:२५
नेपालगञ्ज : बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । ती खजुरा र कोहलपुरका हुन् । मेडिकल कलेज […]