सरस्वती पुजाका साथै पुस्तक दिवस मनाइयो

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १७:५०
 

नेपालगञ्ज (डेस्क) : बुधवार सरस्वती पुजासँगै ११ औं राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

दिवसका अवसरमा बाल मन्दिर प्रावि रामलिला मैदान, युद्ध संस्कृत विद्यालय नेपालगञ्ज, नेराप्रावि घरबारीटोल, गौसिया मावि नेपालगञ्ज, नेराप्रावि बनियागाउँ, जानकी गाउँपालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।


जानकी गाउँपालिकामा महासंघ बाँके अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि पालिका वडाध्यक्ष टिकानाथ यादव रहेका थिए ।

कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष शालिकराम सुवेदी, महासंघ बाँकेका पूर्व अध्यक्ष हेमराज पौडेल, पूर्व क्षेत्रीय उपाध्यक्ष रामप्रसाद गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीका सहकारीमा चोरी बढ्यो

२ फाल्गुन २०८०, बुधबार १७:५०
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका सहकारीमा श्रृङखलाबद्ध रुपमा चोरी हुन थालेपछि त्रास फैलिएको छ । पछिल्लो पाँच छ महिनाको अवधिमा तीन वटा सहकारीमा चोरी भएको छ । पछिल्लो पटक माघ २९ गते राप्ती सोनारी गाउँपालिका वडा नं.९ मा रहेको संघर्षशिल सामाजिक उद्यमी महिला सहकारी संस्थामा चोरी भएको छ । […]

सम्बन्धित