हतियार सहित दुई जना पक्राउ

३ बैशाख २०७५, सोमबार १२:२१
 

सदरलाइनडटकम
३ बैशाख, नेपालगञ्ज : कटुवा पेस्तोल र गोली सहित बाँके जानकी गाउँपालिका—६ बस्ने प्रमोदकुमार चमार र शोभाराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आईतबार साँझ चमारले मोटरसाईकलमा लुकाईछिपाई गरी लैजादै गर्दा उक्त हतियार फेला पारेको हो ।
प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो । मोटरसाइृकल समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बांके र संघिय प्रहरी इकाई नेपालगन्जको टोलीले उक्त कार्य सफल गरेको थियो । चमारले यादवबाट हतियार खरिद गरेको प्रहरीले जनाएको छ ।

Next Post

राजमार्गलाई व्यवस्थित गरिदै

३ बैशाख २०७५, सोमबार १२:२१
सदरलाइनडटकम ३ बैशाख, नेपालगन्ज  : महेन्द्र राजमार्गमा पर्ने कोहलपुर–शिवखोला सडकखण्डको खाल्डाखुल्डी र उत्रिएको पिच बनाउने काम सुरु भएको छ । सडकलाई ‘सफा र चिटिक्क’ बनाउने उदेश्यले अहिले काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय, नेपालगन्जका प्रमुुख अर्जुन बमले जानकारी दिएका छन् । उनका अनुसार, अबको हप्तादिनभित्र उक्त सडकखण्डको झण्डै सत्तरी किलोमिटरभित्र […]