सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नमूना बाल विकास केन्द्रलाई सामग्री सहयोग गरेको छ । वडाध्यक्ष सुरेन्द्र बैश्य(गुप्ता)ले मंगलवार कपडा, जुत्ता, ट्रयाकसुट र ब्याग सहयोग गरिएको जानकारी दिए ।
वडाध्यक्ष बैश्य, वडासदस्य निखिल बैश्य, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थी र अभिभावकलाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गरेका हुन् । करीब ४३ हजार मुल्य बराबरको सामान सहयोग गरिएको वडाध्यक्ष बैश्यले बताए । केन्द्रमा २४ जना विद्यार्थी अध्ययनरत छन् ।
