दृष्टिबिहीन बालबालिकालाई मन्त्री राईको न्यानो उपहार

६ पुष २०७५, शुक्रबार १६:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके नेत्रहीन संघका दृष्टिबिहीन बालबालिकालाई शहरी विकास मन्त्री मो. इश्तियाक राईले न्यानो कपडा प्रदान गरेका छन् । संघको कार्यालयमै गई मन्त्री राईले दृष्टिबिहीन बालबालिकाका लागि ४९ थान न्यानो कपडा प्रदान गरेका हुन् ।
शुक्रवार बालबालिकालाई कपडा प्रदान गर्दै मन्त्री राईले दृष्टिबिहीन बालबालिकालाई थोरै भएपनि सहयोग गर्न पाउँदा हर्षित भएको बताए । उनले भविष्यमा पनि दृष्टिबिहीन बालबालिकाका लागि व्यक्तिगत र सरकारका तर्फबाट सहयोग जुटाउन प्रयासरत रहने दृढता ब्यक्त गरे ।
संघको छात्राबासमा बस्दै आएका अधिकांश विद्यार्थीहरु मंगल प्रसाद माध्यमिक बिद्यालयमा अध्ययनरत छन् । मंगल माबिमा वाटर कुलर नहुँदा दृष्टिबिहीन बालबालिकालाई पानी पिउन समस्या भएको भन्दै त्यसको व्यवस्था मिलाईदिन संघले गरेको अनुरोधपछि मन्त्री राईले विद्यालयमा वाटर कुलर जडान गर्ने व्यवस्था मिलाउने विश्वास दिलाए ।
मन्त्री राईसँग संघका पदाधिकारी र मंगल माबिका प्राचार्यले दृष्टिबिहीन बालबालिकाको अध्ययनका लागि छुट्टै भवनको आवश्यकता रहेको अवगत गराएका थिए । मन्त्री राईले दृष्टिबिहीन बालबालिकाको अध्ययनका लागि छुट्टै भवन बनाउन संसद विकास कोषबाट रकम विनियोजन गर्न आफू तयार रहेको जवाफ दिएका थिए ।

Next Post

रक्तस्राव नरोकिएपछि जहाज चार्टर गर्नुपर्ने बाध्यता

६ पुष २०७५, शुक्रबार १६:१०
सदरलाइनडटकम, नेपालगञ्ज : रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका–३ की प्रतिभा थापालाई जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका–३ की थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट शुक्रवार बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए […]

सम्बन्धित